अमेरिकाले नेपाललाई दियो २३१ रनको लक्ष्य
2021, September 14th, Tuesday

Puja Sharma

काठमाडौँ : आईसिसी वर्ल्ड कप लिग-२ अन्तर्गतको त्रिकोणात्मक अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा अमेरिकाले

नेपाललाई २३१ रनको लक्ष्य दिएको छ।ओमानको अल अमिरात क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ९ विकटको क्षतिमा २३० रन बनाएको

हो ।अमेरिकाका लागि मोनांक पटेलले शतक प्रहार गरे । उनले ११४ बल खेल्दै शतक बनाएका हुन् ।नेपालका लागि विक्रम

सोब, सन्दीप लामिछाने र सुशन भरीले २–२ विकेट लिए । कुशल मल्लले १ विकेट लिए ।केहीबेरपछि नेपालले ब्याटिङ गर्नेछ

तपाईको प्रतिक्रिया