६ केजी पोल्याण्डसहित दुई जना प’क्राउ
2021, September 14th, Tuesday

Puja Sharma

काठमाडौं : महानगरीय प्रहरी बृत्त कालिमाटीको टोलीले छुट्टाछुट्टै स्थानबाट ६ केजी पोल्याण्ड (प्रशोधित गाँजा) सहित दुई जनालाई प’क्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त कालिमाटीका डिएसपी अपिल बोहोराका अनुसार प’क्राउ पर्नेमा मकवानपुर थाहानगरपालिका ७ घर भई संतुङ्गल बस्ने बर्ष २२ का राजेन्द्र अर्याल र धादिङ थाक्रे गाउँ पालिका ५ घर भई गुर्जुधारा बस्ने बर्ष १९ को कविर तामाङ

छन् ।प’क्राउ परेका अर्यालले कंलकी क्षेत्रमा बेच्नविखन गर्ने सूचनाका आधारमा ३ केजी पोल्याण्ड र नगद १८ हजार ब’रामद भएको थियो । अर्यालको संतुगलमा रहेको डेरामा चेकजाँच गर्ने क्रममा थप १ केजी २ सय ग्राम गरि ४ केजी

२ सय ग्राम फेला परेको कालिमाटी बृत्तले जनाएको छ।।साथै प्रहरीले तामाङको साथवाट १ किलो ९५० ग्राम फे’ला परेको हो ।प’क्राउ परेका दुईलाई लागुऔषध

ऐन २०३३ अन्तर्गत म्याद थप गरि अनुसन्धान सुरू गरिएको छ ।प्रहरीले एक जनालाई कंलकी क्षेत्रबाट पक्राउ गरेको हो भने अर्का चन्द्रागिरि गुर्जुधाराबाट प’क्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया