अध्ययन भन्छ– सम्बन्ध विच्छेद जीवनकै सबैभन्दा कठिन निर्णय हो
2021, September 14th, Tuesday

Puja Sharma

एजेन्सी : जागिर फेर्नु या करिअर बदल्ने निर्णय विवाह गर्नु भन्दा कठिन रहेको एक नयाँ सर्वेक्षणले देखाएको छ । अभिभाको रिपोर्टअनुसार

यसमा कुनै पनि व्यक्तिका लागि जीवनकै सबैभन्दा कठिन निर्णय भनेको चाहिँ लामो समयदेखिको सम्बन्ध विच्छेद गर्नु या डिभोर्स गर्नु रहेको छ । सर्वेक्षणमा सहभागी एक

चौथाइ भन्दा धेरै (२७ प्रतिशतले) एउटा करिअरबाट अर्को सुरु गर्नु जीवनका सबैभन्दा कठिन मध्येको निर्णय भएको बताएका हुन् । त्यस्तै २५ प्रतिशतले चाहिँ विवाह गर्ने निर्णय

पनि उत्तिकै द्विविधापूर्ण भएको बताए । त्यस्तै ठूल्ठूला निर्णय लिनुपर्दा ४९ प्रतिशत मानिसहरुमा ‘एन्जाइटी र स्ट्रेस’ हुने गरेको पनि पाइएको छ । यता ६० प्रतिशत अर्थात्

दश मध्ये ६ जनाले त ठूलो निर्णय लिनबाट पन्छिने गरेको पनि सर्वेक्षणको डाटाले देखाएको छ ।यसमा कामबाट रिटायर कहिले हुने भन्ने निर्णय लिन व्यक्तिलाई

सबैभन्दा लामो समय (औसतमा दश महिना सात दिन) लाग्ने गरेको पत्ता लागेको हो । त्यस्तै अल्छि गर्ने, कामलाई पछिका लागि साँच्ने, निर्णय लिन नसक्ने गर्नाले ११ प्रतिशत

भन्दा बढी मानिसहरुले जागिर, घर लगायत विभिन्न राम्रा अवसर गुमाउने गरेको पनि पाइएको छ । त्यस्तै ३१ प्रतिशत मानिसहरुका लागि लामो समयदेखिको सम्बन्ध अन्त्य

गर्ने निर्णय जीवनकै सबैभन्दा कठिन रहेको डाटाले देखाएको छ । अभिभाका कोर्पोरेट डिरेक्टर राजकुमार भन्छन्, “हामीलाई थाहा छ पछिल्लो १८ महिना सबैका लागि व्यक्तिगत

रुपमै चुनौतिमय समय रह्यो । त्यसैले पनि अधिकांश मानिसहरु अहिले जीवनका केही कठिन निर्णय लिनु अघि आफ्नो प्राथमिकताबारे पुनः विचार

गर्न थालेका छन् ।”यसैगरी घरपालुवा जीव जस्तु पाल्ने र पैसा कहाँ लगानी गर्ने जस्ता विषयमा लिइने निर्णय पनि धेरैका लागि अत्यन्तै कठिन हुने गरेको सर्वेक्षणले देखाएको छ ।

तपाईको प्रतिक्रिया