प्रदीप ज्ञवाली भन्नुहुन्छ : जनताको भावना हेरेर मात्र एमालेले एमसीसीको विषयमा निर्णय लिन्छ
2021, September 14th, Tuesday

Puja Sharma

काठमाडौं : नेकपा (एमाले) प्रवक्ता प्रदीप ज्ञवालीले नेपाली जनताको भावना हेरेर मात्र एमालेले एमसीसीको विषयमा निर्णय लिने बताएका छन् । मंगलबार एमाले जिल्ला कमिटी

कपिलवस्तुले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्वोदन गर्दै ज्ञवालीले एमसीसी निर्णयमा कुनै हतार नगर्ने बताए ।एमसीसी प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्व सरकारको पालामा सहमति भएको र सरकारले गरेको काम भएकाले मात्र

आफूहरुले अगाडि बढाएको उनले दाबी गरे । एमसीसी पास गर्ने सरकारको दायित्व रहेको भन्दै सम्झौता राम्रो लाग्छ भने बहुमतले पारित गरेर देखाउन आग्रह समेत गरे ।उनले आगामी निर्वाचनका जित्नका लागि कार्यकर्तालाई उत्कृष्ट काम गर्न

निर्देशन समेत दिएका थिए । उनले एमालेमाथि देखिएको घेराबन्दी अस्थायी प्रकृतिको रहेको जिकिर गरे ।, कार्यक्रमममा एमाले केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सह इन्चार्ज गिरीधारीलाल न्यौपानेले पार्टी फुटेपनि स्थानीय स्तरको कार्यकर्ताले एमाले रोजेको टिप्पणी गरे ।

तपाईको प्रतिक्रिया