शुक्रबार , असार ४, २०७८

Author: Puja Sharma

चितवन जंगल सफारी लजको आकर्षक योजना, चार हजार रुपैयाँमा तीन रातका लागि होटलको कोठा पाइने

चितवन जंगल सफारी लजको आकर्षक योजना, चार हजार रुपैयाँमा तीन रातका लागि होटलको कोठा पाइने

Posted in समाचार
चितवनकाे साैराहास्थित हाेटल जंगल सफारी लजले ‘पे नाउ, गो लेटर’ अफर ल्याएको छ। जसअन्तर्गत ४ हजार रुपैयाँमा तीन रातका लागि हाेटलकाे काेठा उपलब्ध हुनेछ।जंगल सफारी लजका कार्यकारी निर्देशक सुमन घिमिरेले आन्तरिक पर्यटन प्रवर्द्धन लक्ष्य गरी अफर सार्वजिनक गरिएकाे बताए।कोभिड-१९ महामारीका कारण संकटमा परेको पर्यटन क्षेत्रलाई उकास्न केही सहयाेग पुगाेस् भन्ने उद्देश्यले याे अफर ल्याएका हाैं,’ घिमिरेले भने, ‘कोभिडले पर्यटन क्षेत्र तहसनहस भएको छ। यो क्षेत्रलाई उकास्नका लागि जसले जति सक्छ त्यसरी नै योगदान दिनुपर्छ भन्ने मान्यताका साथ यो योजना ल्याएका हौ।घिमिरेका अनुसार याे अफरअन्तर्गत होटलका कोठामा ६२ प्रतिशत छुट दिइएको छ। कोठामा दुई बयष्क र एक बच्चा बस्न पाउनेछन्। यो अफरमा सहभागी हुन पर्यटकले असार महिनाभरि प्याकेज खरिद गर्नुपर्ने हुन्छ।आफूले खरिद गरेको प्याकेज मितिको एक महिनापछि होटलमा आएर बस
सर्वोच्चले भन्यो, ‘चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्नु’

सर्वोच्चले भन्यो, ‘चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्नु’

Posted in समाचार
काठमाडौं । सर्वोच्च अदालतले चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा निकासी गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । शुक्रबार (आज) प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, दीपककुमार कार्की र मीरा खड्काको संयुक्त इजलासले ढुंगा, गिटी बालुवा निकासी गर्ने गरी सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्यमा गरेको व्यवस्था कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।सरकारले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा वातावरणीय प्रभाव मूल्याङ्कनको आधारमा खानीजन्य ढुङ्गा, गिट्टी, बालुवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गरिने व्यवस्था गरेपछि सोविरुद्ध सर्वोच्चमा रिट दायर भएको थियो ।
इरानमा राष्ट्रपतिका लागि मतदान शुरु, कट्टरपन्थी उम्मेदवारले जित्ने सम्भावना

इरानमा राष्ट्रपतिका लागि मतदान शुरु, कट्टरपन्थी उम्मेदवारले जित्ने सम्भावना

Posted in समाचार
इस्लामिक मुलुक इरानको राष्ट्रपतिका लागि शुक्रबार बिहानैदेखि मतदान शुरु भएको छ । इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीको समर्थनप्राप्त कट्टरपन्थी उम्मेदवार नै यस पटकको चुनावमा विजयी हुने अनुमान गरिएको छ । इरानको राष्ट्रपतिमा यस पटक चार जनाले उम्मेदवारी दिएका छन् । सर्वोच्च नेता खामेनीले न्यायपालिकाका प्रमुख इब्राहिम राइसीलाई समर्थन गर्नु भएकाले उनी नै विजयी हुने मत सर्वेक्षणहरुले देखाएका छन् । केन्द्रीय बैंकका पूर्व प्रमुख अब्दोलनासेर हेमाटीलाई औसत एवं नरम उम्मेदवार मानिएको छ । राइसी इरानको राष्ट्रपतिमा निर्वाचित भए उनी अमेरिकी सरकारले प्रतिबन्ध लगाएको पहिलो राष्ट्रपति हुनेछन् । राइसीमाथि सन् १९८८ मा बन्दीहरुको सामूहिक हत्याको आरोप छ । साथै राइसीले इरानी न्यायपालिकाको नेतृत्व सम्हालेको अवधिमा इरानमा सबैभन्दा बढीलाई मृत्युदण्ड दिइएको थियो । मतदानका लागि बिहान सात बजेदेखि मतद
आयरल्यान्डद्वारा नेपाललाई स्वास्थ्य उपकरण हस्तान्तरण

आयरल्यान्डद्वारा नेपाललाई स्वास्थ्य उपकरण हस्तान्तरण

Posted in समाचार
आयरल्यान्ड सरकारले नेपाललाई विविध स्वास्थ्य उपकरण एवं सामग्री प्रदान गरेको छ । युरोपेली सङ्घको नागरिक सुरक्षा संयन्त्रमार्फत प्रदान गरिएका ती सामग्री नेपालका लागि युरोपेली सङ्घका राजदूत नोना डेपरेजले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आज बिहान आयोजित एक सङ्क्षिप्त कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरबहादुर तामाङलाई हस्तान्तरण गरे । आज हस्तान्तरण गरिएका सामग्रीमा ७२ अक्सिजन कन्सन्ट्रेटर, ४४ थान भ्यान्टिलेटर, १२ थान बिटिएपी मेशिन, ४०० अक्सिमिटरलगायत उपकरण छन् । यसैगरी डेनमार्क सरकारले पनि सोही संयन्त्रमार्फत प्रदान गरेका स्वास्थ्य उपकरण शनिबार नेपाल आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । डेनमार्कले २६ थान भेन्टिलेटरसहित अन्य स्वास्थ्य उपकरण प्रदान गरेको छ । त्यस अवसरमा मन्त्री तामाङले महामारीविरुद्ध लड्न समयमै स्वास्थ्य सामग्री उपलब्ध गराएकामा नेपाल सरकारका तर्फबाट
आँपका लागि राखियो तीन सुरक्षाकर्मी, ९ वटा कुकुरले दिन्छन् चौबिसै घण्टा पहरेदारी

आँपका लागि राखियो तीन सुरक्षाकर्मी, ९ वटा कुकुरले दिन्छन् चौबिसै घण्टा पहरेदारी

Posted in समाचार
भारतको मध्य प्रदेश जबलपुरमा एक व्यक्तिको खेतको सुरक्षाका लागि तीनजना सुरक्षाकर्मी र ९ वटा कुकुर राखिएका छन् । सुन्दा अचम्म लाग्ला तर यति कडा सुरक्षा आँपका लागि हो । यो खेतमा फल्न सुरु गरेका आँपको मूल्य लाखौं पर्ने बताइएको छ । यो विशेष किसिमको आँप जापानमा पाइन्छ । जबलपुरको खेतमा फलिरहेका यो आँप अघिल्लो वर्ष अन्तर्राष्ट्रिय बजारमा प्रति किलो २ लाख ७० हजार भारु (४ लाख रुपैयाँ बढी) मा बिकेको जापानी मिडियाले बताएका छन् ।उक्त आँपका मालिक संकल्पले यो जापानी आँपको नाम टाइयो नो टमेङ्गो भएको बताए । यसलाई एग अफ सन अर्थात् सूर्यको अण्डा पनि भनिन्छ । संकल्पका अनुसार अघिल्लो वर्ष यो आँप निकै चर्चामा आएको थियो जसका कारण उनको खेतमा चोरको बिगबिगी बढेको थियो र आँप चोरी पनि भएको थियो । त्यसैले यो महँगो आँपको सुरक्षाका लागि संकल्प चिन्तित छन् र सुरक्षामा अतिरिक्त पैसा खर्च गरिरहेका छन् ।यो आँप
मेलम्चीका बाढीपीडितलाई बर्गर हाउसको सहयोग

मेलम्चीका बाढीपीडितलाई बर्गर हाउसको सहयोग

Posted in समाचार
सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुमा बाढी पहिरोका कारण पीडित बनेकाहरुलाई खाद्यान्न, सत्ता कपडा आदि सहयोग गर्ने क्रम सुरु भएको छ । यही क्रममा बर्गर हाउस टिमले काठमाडौंबाट मेलम्चीका बाढीपीडितलाई करिव ११ लाख बराबरकोसहयोग सामाग्री पठाएको छ ।अविरल बर्षाका कारण सिन्धुपाल्चोक जिल्लाका विभिन्न स्थानमा गएको बाढी पहिरोले ठूलो भौतिक र मानवीय क्षति पुगेकाले टिमले खाद्यान्न सहयोग गरेको टिमका अभियन्ताले बताए । ‘द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन’ का संस्थापक वसन्त लामाको संयोजनमा करिव ११ लाख रकम बराबरको खाद्यान्न सामाग्री तथा स्वास्थ्य सुरक्षाका सामाग्रीहरु हस्तान्तरण गरिएको लामाले जानकारी दिए । बाढी पहिरोबाट त्यस क्षेत्रका धेरै व्यक्तिहरू प्रभावित भएको सुन्ने बित्तिकै आफुले फेसबुक पेजबाट सहयोग संकलन अभियान चलाएको र यस अभियानलाई धेरै सहयोगी व्यक्तिहरुले साथ दिएको लामा ले बताए । लामाको न
महाकाली नदीको सतह बढ्यो, सतर्कता अपनाउन आग्रह

महाकाली नदीको सतह बढ्यो, सतर्कता अपनाउन आग्रह

Posted in समाचार
दार्चुला । लगातारको वर्षाका कारण महाकाली नदीको सतह बढ्दै गएको छ । महाकालीमा पानीको सतह बढेसँगै जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालयले सजकता अपनाउन सबैमा आग्रह गरेको छ । आज बिहान महाकाली नदीको बहाव पाँच मिटर ८० सेन्टिमिटर पुगेको छ । प्रहरी चौकी दत्तुका अनुसार छ मिटर नाघ्यो भने खतरा हुन्छ । नदीमा ढुङ्गा तथा ठूला काठ बगिरहेका छन् । नदी बढेर सदरमुकाम खलङ्गाको बङ्गाबगड क्षेत्रमा तटबन्ध माथि चढेको छ । पत्रकार भोजराज जोशीका अनुसार निर्माणाधीन तटबन्धभन्दा माथि महाकाली पुगेको छ । अहिले नदीले पुरानै स्वरुप लिएको छ । नदीमा पानीको बहाव बढ्दा आसपासका क्षेत्रमा जोखिम बढेको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले बताउनुभयोे । नदी तटीय क्षेत्र तथा जिल्लाका अन्य नदी तथा खोलामा बाढी आउन सक्ने सम्भावना रहेकाले जिल्लावासीमा सावधानी र सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ ।गत जेठ २८ गते मनसु
बिग्रेका छोरा सुधार्ने जिम्मा बुहारीलाई कहिलेसम्म?

बिग्रेका छोरा सुधार्ने जिम्मा बुहारीलाई कहिलेसम्म?

Posted in समाचार
हालैको एकदिन तराईको उखुम गर्मीले छटपटाउँदै बार्दलीमा बसेर हावाको प्रतीक्षा गरिरहेको थिएँ। हातमा बिजय कुमारको पछिल्लो पुस्तक सम्बन्धहरु थियो। आँखा पुस्तकका पंक्तिहरुमा अडिन खोजे पनि कान घरभित्रको गन्थन मन्थनतिरअलमलियो। आमा र अन्टीहरुको गफगाफ चल्दै थियो। टोलको समूह बैठक पनि भएकाले महिला जमघटको दिन परेको। त्यस्ता भेलाहरुमा मलाई खासै चासो लाग्दैन।त्यस्ता अवसरमा अक्सर गफ खुब चल्छ जुन हाम्रो घरमा रुचिको विषय कहिल्यै बनेन। तर बैठकको निहुँ भएकाले त्यस्ता गफगाफलाई रोक्ने कुरा पनि भएन। नचाहेरै कानमा परेका गन्थन मन्थनले मेरो ध्यान खिच्दै लग्यो। क्रमशः भित्रबाट आइरहेका अनेक प्रसंगहरुप्रति दिमाग चनाखो हुँदै गयो। टोल समूहमा पेशाले महिला अधिकारकर्मी एकजना पढालेखा अन्टी हुनुहुन्छ। उहाँसँग मेरो मतभेद भइरहन्छ। टोलसमाजका घर-घरमा के भइरहेको छ, अधिकांश जानकारी उहाँलाई हुन्छ।त्यसरी छरछिमेकीको विषयमा च
बाढीले प्युठानमा निर्माणाधीन पुल भत्कायो

बाढीले प्युठानमा निर्माणाधीन पुल भत्कायो

Posted in समाचार
प्युठान : प्युठानको ऐरावती गाउँपालिका– १ र अर्घाखाँचीको सितगंगा नगरपालिका वडा नं ७ जोड्न झिमरुक नदीको पक्की पुल बाढीले भत्काएको छ ।रु सात करोड १३ लाखका लागतमा माझी दमारमा पुल निर्माणाधीन थियो । सडक डिभिजन कार्यालय इन्जिनियर अरुण केसीका अनुसार अमर कन्स्ट्रक्सन प्रालि काठमाडौँले निर्माणको जिम्मा पाएको थियो ।विसं २०७३ पुसमा सम्झौता भइ गत असार २८ गते निर्माण सम्पन्न गर्ने लक्ष्य थियो । सत्तरी मिटर लम्बाइ रहेको पुलको ३५ मिटर स्लाब यसअघि नै सम्पन्न भएको थियो । बाँकी ३५ मिटर लम्बाइको स्लाब ढलान चार दिनअघि सम्पन्न भएको जनाइएको छ । “लठ्ठा प्रविधिको पुल भएकाले ढलान सम्पन्न भएको १४ दिनमा लठ्ठा राखेर तन्काउने चलन हुन्छ, उहाँले भन्नुभयो”, “लठ्ठा राख्न तयार भइनसकेको अवस्थामा थियो ।” बाढीले फर्मा बगाउँदा पुल भत्किएको उनको भनाइ थियो ।
नायिका आँचल शर्मा र उदित श्रेष्ठ, ५० परिवारका लागि राहत लिएर आज सिन्धुपाल्चोक जाँदै

नायिका आँचल शर्मा र उदित श्रेष्ठ, ५० परिवारका लागि राहत लिएर आज सिन्धुपाल्चोक जाँदै

Posted in समाचार
नायिका आँचल शर्मा र श्रीमान डा. उदित श्रेष्ठले ५० परि’वारको लागि राहत लिएर ४ बजे मेलम्चि बजार जाने भ’एका छन्। डा. उदित श्रेष्ठले सामाजिक संजा’लमा आफूहरु ५० परिवारको लागि राहत लिएर करिब ४ बजे मेलम्चि बजार जाने जान’कारी दिए। डा. उदित श्रेष्ठले पिडित दाजुभाइ दिदिबहिनिहरु मोटर बाटो आउनेसम्म राहत लिन आइदिन आग्रह समेत गरे’का छन्।“हामि ५० परि’वारको लागि राहत लिएर करिब ४ बजे मेलम्चि बजार आउदै छौ, पिडित दाजु भाइ दिदि बहिनिहरु मोटर बाटो आउने सम्म राहत लिन आइ दिनु हुन हार्दिक अनु’रोध गर्दछौ।” डा. उदित श्रेष्ठले लेखेका छन्।डा. उदित श्रेष्ठले सामाजिक संजालमा लेखेका छन्, “हामि ५० परिवारको लागि रा’हत लिएर करिब ४ बजे मेलम्चि बजार आउदै छौ, पिडित दाजु भाइ दिदि बहिनिहरु मोटर बाटो आउने सम्म राहत लिन आइ दिनु हुन हार्दिक अनु’रोध गर्दछौ।”आँचल शर्मा एक नेपा’ली अभिनेत्री र मोडल हुन् । उनले आफ्नो अभिनय