शुक्रबार , असार ४, २०७८

खेलकुद

बराबरीमा रोकिए पनि स्पेनले बनायो रेकर्ड

बराबरीमा रोकिए पनि स्पेनले बनायो रेकर्ड

Posted in खेलकुद
युरो २०२० मा पूर्व विजेता स्पेनले सुखद् सुरूवात गर्न सकेन।मंगलबार विहान सकिएको खेलमा स्पेनलाई स्विडेनले गोलरहित बराबरीमा रोक्यो। तर खेल अवधिभर स्पेनले बलमा पकड जमायो। स्पेनले ८५ प्रतिशत बल आफ्नो पक्षमा राखेको थियो। तथ्याङ्क संकलन गर्ने संस्था ओप्टाका अनुसार युरोमा ८५ प्रतिशत बल आफ्नो नियन्त्रणमा राख्ने स्पेन पहिलो टिम हो। ओप्टाले सन् १९८० देखि तथ्याङ्क संकलन गर्दै आएको छ। स्पेनले पहिलो हाफमा ४१९ पास खेलेका थियो। जुन युरोको पहिलो ४५ मिनेटमा गरिएको सर्वाधिक पास हो।जबकी स्विडेनले केवल ३८ पास मात्र गरेको थियो। युरोमा कुनै पनि टिमले गरेको यो सबैभन्दा कम पास हो। खेल अवधिभर स्पेनले ९१७ पास गरेको थियो। यो पनि युरोमा कुनै पनि टिमले खेलेको सबैभन्दा बढी पास हो।यसअघि सर्वाधिक पासको कीर्तिमान स्पेनकै नाममा थियो।स्पेनले २०१२ को युरो कपमा आयरल्यान्डविरुद्ध ८५९ पास खेलेको थियो। त्यतिबेला स्पेनका
अर्जेन्टिना चिलीसँग बराबरीमा रोकियो

अर्जेन्टिना चिलीसँग बराबरीमा रोकियो

Posted in खेलकुद
एजेन्सी । कोपा अमेरिका २०२१ मा अर्जेन्टिना चिलीसँग बराबरीमा रोकिएको छ । मंगलबार बिहान सकिएको खेलमा अर्जेन्टिना चिलीसँग १-१ को बराबरीमा रोकिएको हो । अर्जेन्टिनालको लागि कप्ता लियोनेल मेस्सीले गोल गरे भने चिलीका लागि एडुआर्डो भार्गासले गोल गरेका थिए ।अर्जेन्टिनाले अग्रता लिएपनि जोगाउन सकेन । खेलको ३३ औं मिनेटमा मेस्सीको फ्रिकिकमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । झन्डै २० यार्ड टाढाबाट मेस्सीले गरेको फ्रिकिक प्रहार गोलरक्षक क्लाउडियो ब्राभोले रोक्न सकेनन् ।अर्जेन्टिनाले पहिलो हाफमा लिएको अग्रता दोस्रो हाफमा भने जोगाउन सकेन । ५७ औं मिनेटमा चिली खेल बराबरी गर्यो । पेनाल्टी क्षेत्रभित्र निकोलस टाग्लियाफिकोले आर्टुरो भिडाललाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए ।भिडाल आफैंले गरेको पेनाल्टीलाई अर्जेन्टिनी गोलरक्षक एमिलियानो मार्टिनेजले विफल पारेपनि रिबाउन्डमा एडुआर्डो भ
लुम्बिनीमा नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न जसपाको ह्वीप

लुम्बिनीमा नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न जसपाको ह्वीप

Posted in अन्तर्राष्ट्रिय, अर्थ/वाणिज्य, खेलकुद, धर्म/ संस्कृति, प्रविधि, बिचित्र संसार, भिडियो, मनोरंजन, राजनीति, राशिफल, रोचक, विचार /ब्लग, समाचार, समाज, स्वास्थ्य/जीवनशैली
लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी (जसपा)ले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको विपक्षमा उभिन आफ्ना सांसदलाई ह्वीप जारी गरेको छ।आइतबार वक्तव्य जारी गर्दै जसपा प्रमुख सचेतक पुर्मती ढेंगा मगरले सरकारको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेकी हुन। प्रमुख सचेतक मगरले जसपा संसदीय दलका नेता सहशराम यादवको निर्देशनमा उक्त ह्वीप जारी गरेको उल्लेख गरेकी छन्।लुम्बिनीमा मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको मन्त्रिमण्डलमा जसपाका सांसद विजयकुमार यादव, सुमन शर्मा रायमाझी, सन्तोषकुमार पाण्डेय र कल्पना पाण्डेय सहभागी छन्।त्यही भएर जसपा लुम्बिनीले उनीहरूका लागि भनेर ह्वीप जारी गर्दै नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न भनेकोजसपाका लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादवले बताए। अध्यक्ष यादव र ह्वीप जारी गर्नेहरु बाबुराम-उपेन्द्र पक्ष हुन्।सरकारमा सहभागी भएकाहरू महन्थ-राजेन्
बधाई ! साइप्रसमा पहिलो महिला सभामुख चयन !

बधाई ! साइप्रसमा पहिलो महिला सभामुख चयन !

Posted in अन्तर्राष्ट्रिय, अर्थ/वाणिज्य, खेलकुद, धर्म/ संस्कृति, प्रविधि, बिचित्र संसार, भिडियो, मनोरंजन, राजनीति, राशिफल, रोचक, विचार /ब्लग, समाचार, समाज, स्वास्थ्य/जीवनशैली
साइप्रसमा पहिलो पटक संसदबाट महिला सदस्य सभामुखमा चुनिनु भएको छ । सन् १९६० मा स्वतन्त्र भएको साइप्रसको दोस्रो सर्वाधिक शक्तिशाली पदमा अन्निटा डिमेट्रिओ चयान हुनु भएको छ । साइप्रसको कूल ५६ सदस्य रहेको संसदमा डिमेट्रिओले २५ मत प्राप्त गर्नु भएको थियो । सभामुखमा विजयी भएसँगै ३५ वर्षीया सांसद डिमेट्रिओले आफूले प्राप्त गरेको जिम्मेवारी पूर्ण निष्ठाका साथ पूरा गर्ने बताउँदै आफूले निष्पक्ष भूमिका निर्वाह गर्ने जानकारी दिनुभयो । साइप्रसका राष्ट्रपति निकोस अनास्तासियाडेसले डिमेट्रिओ निर्वाचित भएकामा आफूलाई निकै खुशी लागेको बताउनुभयो । उहाँले राष्ट्रपति पछि देशको सर्वाधिक शक्तिशाली राजनीतिक पदमा एक महिला चुनिनु देशकै लागि गर्वको विषय भएको बताउनुभयो ।डिमेट्रिओ मध्य–दक्षिणपन्थी डेमोक्रेटिक पार्टीबाट सांसद हुनु भएको थियो । राष्ट्रपति अनास्तासियाडेसले पनि यही पार्टीलाई धेरै वर्षसम्म नेतृत्व दिनु
दोषी नेतामात्र कि हामी पनि ?

दोषी नेतामात्र कि हामी पनि ?

Posted in अन्तर्राष्ट्रिय, अर्थ/वाणिज्य, खेलकुद, धर्म/ संस्कृति, प्रविधि, बिचित्र संसार, भिडियो, मनोरंजन, राजनीति, राशिफल, रोचक, विचार /ब्लग, समाचार, समाज, स्वास्थ्य/जीवनशैली
बिसौं शताब्दीको मध्यतिर पाश्चात्य साहित्यका एक विख्यात कवि विलियम स्टान्डफोर्डले अन्धकारबीचको यात्रा (ट्राभेलिङ थु्र द डार्क) शीर्षकमा शसक्त कविता लेखे। एउटा मृगको बच्चो जन्मपूर्व आमाको आमाशयमा नै मृत्युवरणमा परेको घटना लेखेर पाठकलाई स्तब्ध बनाए। हाम्रो देश आज त्यही मोडमा छ। बलियो सरकार निर्माणसँगै सघन विकास सुरु हुने आशामाथि धारावाहिक बज्रपात हुँदैछ। सरकारको अनपेक्षित कमजोर कार्यसम्पादन तथा अन्तरविरोधले जन्माएका परिघटनाका कारण समृद्धिको सोच केवल आत्मरती बन्दैछ। सबैतिर विराट निराशा गुन्जदैछ, देश चुक्दैछ, शिर झुक्दैछ। हामी चुकेको क्षण खाली राजनीतिक अन्तरविरोधलाई चर्काउनु, निकास निकाल्नु साथै भयंकर भाषणबाजी गर्नुलाई नै स्थायी उपलब्धि मान्ने दुर्भाग्यले हाम्रो देशमा अग्रगामी सामरिक विकासचाहिँ कहिल्यै भएन। विश्व–मानचित्रमा आर्थिक–सामाजिक परिवर्तन र प्रगतिका हिसाबले सवल मानिएका अधिकां
जसले खाटमै पल्टिएर व्यवसाय चलाए, करोडौंको सम्पत्ति कमाए

जसले खाटमै पल्टिएर व्यवसाय चलाए, करोडौंको सम्पत्ति कमाए

Posted in अन्तर्राष्ट्रिय, अर्थ/वाणिज्य, खेलकुद, धर्म/ संस्कृति, प्रविधि, बिचित्र संसार, भिडियो, मनोरंजन, राजनीति, राशिफल, रोचक, विचार /ब्लग, समाचार, समाज, स्वास्थ्य/जीवनशैली
पूर्व-पश्चिम राजमार्गअन्तर्गत चितवनको खुरखुरेबाट करिब तीन किलोमिटर उत्तरतर्फ लागेपछि ग्रुप थ्री भन्ने गाउँ पुगिन्छ। नेपाली सेनाको ग्रुप थ्री ब्यारेक बसेका कारण यो ठाउँको नामै त्यही रह्यो। वरपर सेनाबाट निवृत्त भएकाको बाक्लै बसोबास छ, त्यो क्षेत्रमा।राप्ती नगरपालिका र कालिका नगरपालिकाका पहाडी गाउँ जाने सडकको छेउमा एउटा होलसेल किराना पसल छ ‘नविन किराना’।२ तल्लाको १२ कोठे घरको एक छेउमा रहेको यो पसल प्रायः व्यस्त देखिन्छ। लकडाउनको समयमा पसल खोल्न समय निर्धारण गरिएका कारण निर्धारित समयमा यहाँका कामदारलाई भ्याइनभ्याई हुन्छ।पसलसँगै जोडिएको कोठामा एक अधवैशे पुरुष घोप्टो परेर पल्टिएका छन्। अस्पतालमा राखिने शैया जस्तै पांग्रा लगाइएको खाटमा लम्पसार परेको उनको शरीरलाई पेटले टेको दिएको छ। उनको छातीदेखि माथिको भाग भने निकै सक्रिय छ। तर उनी ह्वील चेयरमा बस्न पनि सक्दैनन्। उनको नाम मिनबहादुर खत
निषेधाज्ञाबारे निर्णय गर्न उपत्यकाका ३ जिल्लाका सीडीओको बैठक बस्दै

निषेधाज्ञाबारे निर्णय गर्न उपत्यकाका ३ जिल्लाका सीडीओको बैठक बस्दै

Posted in अन्तर्राष्ट्रिय, अर्थ/वाणिज्य, खेलकुद, धर्म/ संस्कृति, प्रविधि, बिचित्र संसार, भिडियो, मनोरंजन, राजनीति, राशिफल, रोचक, विचार /ब्लग, समाचार, समाज, स्वास्थ्य/जीवनशैली
काठमाडौं उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आइतबार बस्दैछ । दिउँसो ३ बजे बैठक बस्न लागिएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले रातोपाटीलाई बताए ।प्रजिअहरुको बैठकले निषेधाज्ञाको समय लम्ब्याउने अथवा मोडालिटी परिवर्तन गर्नेबारे निर्णय गर्दैछन् । वैशाख १६ बाट जारी निषेधाज्ञा पछिल्लो पटक जेठ ३१ सम्म लम्ब्याउने निर्णय गरिएको थियो ।छलफलपछि असार १ बाट निषेधाज्ञालाई कसरी अगाडी बढाउने भन्नेबारे निर्णय गर्छौँ’ भक्तपुरका प्रजिअ भट्टराईले भने–‘मोडालिटीबारे अहिलेसम्म कुनै धारणा तय भएको छैन ।’छलफलमा काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुली, ललितपुरका प्रजिअ ढुण्डी प्रसाद निरौला र भक्तपुरका प्रजिअ भट्टराई सहभागी हुनेछन् ।
बधाई ! सन्दिपले बनाए गजबको रेकर्ड ! सबै बलरलाई पछि पार्दै बने आईपिएलकै नम्बर १ बलर ।

बधाई ! सन्दिपले बनाए गजबको रेकर्ड ! सबै बलरलाई पछि पार्दै बने आईपिएलकै नम्बर १ बलर ।

Posted in खेलकुद
काठमाडौं : इन्डियन प्रिमियर लिग क्रिकेट(आईपीएल’ को जारी संस्करणमा २ खेल मात्रै खेलेका नेपाली लेग स्पिनर सन्दीप लामिछानेले सनसनी मच्चाएका छन् । दिल्लीले ११ ओटा खेलमा त सन्दीपलाई बेन्चमै राख्यो । १२ औँ खेलमा रोयल च्यालेन्जर्स बेंग्लोरसँग सन्दीपलाई मौका दियो दिल्लीले । आफ्नो डेब्यू खेलमै सन्दीपले पार्थिव पटेलको विकेट लिए । उनले बेंग्लोरसँगको खेलमा ४ ओभर बलिङ गर्दै २५ रन दिए । पहिलो खेलमै थोरै रन दिएर एक विकेट लिएपछि विश्व प्रख्यात क्रिकेटरदेखि विश्लेषकसम्मले सन्दीपको प्रशंसा गरे । इमरान ताहिरले के भने सन्दीपलाई, बिश्व भर मचियो हंगामा अझ शुक्रबार भएको चेन्नईविरुद्धको खेलमा विश्वकै उत्कृष्ट ब्याट्सम्यान सुरेश रैना सन्दीपको बलमै आउट भएपछि उनको चर्चा एकाएक चुलिन पुगेको छ । सुरेश रैनाले सन्दीपको पहिलो बल नै फेस गर्न सकेनन् । सन्दीपले गुगली बल फ्ँयाक्दै रैनालाई विजय शंकरबाट क्याच आउट गराउन स
गौरिकाले बढाएको गौरव

गौरिकाले बढाएको गौरव

Posted in खेलकुद
काठमाडौं : ‘म नेपाली नै हुँ, म नेपालकै लागि खेल्छु।’ गौरिका सिंहले भावविह्वल भएर यस्तै यस्तै भनेकी थिइन, एक वर्ष अगाडि काठमाडौंमा १३औं दक्षिण एसियाली खेलकुद (साग) चलिरहेका बेला। यस्तो किन पो भन्नु परेको थियो होला त ? सार खिच्दा यसले नेपाली खेलकुदमा नयाँ मानक भने तयार हुन्छ। विदेशी भूमिमा प्रशिक्षण लिँदै, अभ्यास गर्दै कोही अब्बल हुन्छ र उसले नेपालको प्रतिष्ठा बढाउने काम गर्छ भने त्यसलाई स्वागत गर्न किन कन्ज्युस्याइँ ? कसैले तिनलाई कहाँ नेपाली होइन भन्न पाइन्छ र ? बरु उनले पाएको उपलब्धिमा खुसी भएर मन ठूलो पार्दा राम्रो। धन्य, गौरिकाले यस्तो फरक बाटो त खोलिदिएकी छन्। लन्डनमा बस्छिन्, पौडी खेल्छिन्, अनि नेपालको प्रतिधिनित्व गर्छिन्, त्यो पनि गौरवले। २०७६ मा नेपाली खेलकुदको इतिहासमा सबैभन्दा ठूलो अवसर केही हो भने त्यो १३औं साग नै हो। सागको सबैभन्दा ठूलो केही नेपाली उपलब्धि छ भने त्यो गौरिका
यीनै हुन भलिबल खेलेर सबैको मन जितेकी राष्ट्रिय च्याम्पियन खेलाडी – सरस्वती चौधरी…हेर्नुहोस् ।

यीनै हुन भलिबल खेलेर सबैको मन जितेकी राष्ट्रिय च्याम्पियन खेलाडी – सरस्वती चौधरी…हेर्नुहोस् ।

Posted in खेलकुद
१३औं दक्षिण एसियाली खेलकुद सागको महिला भलिबल फाइनलमा भारतसँग पराजित भएपछि नेपाली खेलाडी कोर्टमै भक्कानिए। उपाधि जित्न सकेको भए सारा नेपाली खुसी हुन्थे।ु तत्यो खेल पछाडी नेपालमा खेल जगतमा भने निकै उत्साहा छायो । नेपालमा पनि खेल क्षेत्रमा निकै सम्भावना रहेछ भन्ने आवाजहरु पनि आए । त्यो खेलमा मन जित्ने नेपाली एक चेलीको नाम हो सरस्वती चौधरी । राष्ट्रिय टिमकी महत्वपूर्ण स्पाइकरको परिचय बनाएकी सरस्वतीलाई ६ कक्षा पढ्दासम्म खेलकुदमा चासो थिएन। भलिबलबारे त सुनेकै थिइनन्। उनले जवाफ दिईन पत्रकारको प्रश्नमा । धनगढीमा जन्मिएकी उनको उचाइ भने भलिबल खेल्न उपयुक्त थियो। १२ वर्षमै ५ फिट ७ इन्च अग्ली सरस्वतीलाई स्थानीय प्रशिक्षक विष्णु चौधरीले भलिबल खेल्न सुझाए। सरस्वतीलाई प्रशिक्षण दिनसके भविष्यमा राम्रो खेलाडी बन्ने विश्वास विष्णुको थियो। तिम्रो हाइट राम्रो छ। जिउ पनि खेलाडीकोजस्तै छ। अभ्यास गर्