शुक्रबार , असार ४, २०७८

राजनीति

प्रतिनिधिसभा विघटनबारे राष्ट्रपति कार्यालयले पठायो सर्वोच्चलाई जवाफ (पूर्णपाठसहित)

प्रतिनिधिसभा विघटनबारे राष्ट्रपति कार्यालयले पठायो सर्वोच्चलाई जवाफ (पूर्णपाठसहित)

Posted in राजनीति
राष्ट्रपति कार्यालयले सर्वोच्च अदालतलाई प्रतिनिधिसभा विघटनबारे जवाफ दिएको छ । महान्यायाधिवक्ताको कार्यालयमार्फत राष्ट्रपतिको कार्यालयको तर्फबाट निमित्त सचिव रुपनारायण भट्टराईले महान्यायाधिवक्ताको कार्यालयको तर्फबाट बिहिबार सर्वोच्च अदालतमा लिखित जवाफ पेश गरेका हुन् । राष्ट्रपतिको कार्यालयले प्रधानमन्त्री पदमा दावी गरेका शेर बहादुर देउवा र केपी शर्मा ओली दुवैले संसदबाट विश्वासको मत पाउने नदेखिएको हुनाले प्रधानमन्त्रीमा नियुक्त गर्न नमिलेको जवाफ दिएको छ । राष्ट्रपतिको कार्यालयले बुझाएको जवाफमा भनिएको छ–‘दाबीकर्ता दुवै माननीय सदस्यहरूका समर्थन कर्ता भनिएका सदस्यहरु एक अर्कोको दोहोरो परेका, दलको निर्णय विपरीत एकले अर्कालाई समर्थन गरेको समेत देखिएको हुनाले दुवै माननीय सदस्यहरुले संविधानको धारा ७६ को उपधारा (५) बमोजिमका प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न सक्ने ठोस आधार नदेखिएक
खनाल-नेपालसहितको स्थायी कमिटी बैठक बोलाउँदै ओली

खनाल-नेपालसहितको स्थायी कमिटी बैठक बोलाउँदै ओली

Posted in राजनीति
प्रधानमन्त्री एंव नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षका नेताहरूलाई पनि डाकेर स्थायी कमिटी बैठक बोलाउने भएका छन्। एमाले प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार खनाल-नेपाल समूहका नेताहरू पनि सहभागी हुने गरी स्थायी कमिटी बैठक बोलाउन पछिल्ला दिनहरूमा अनौपचारिक छलफलहरू भइरहेका छन्। 'प्रधानमन्त्रीज्यूले यसअघि नै पार्टी एकताका लागि छ बुँदे प्रस्ताव सार्वजनिक गरिसक्नुभएको छ। त्यसैको वरिपरि रहेर कुराकानी भइरहेको छ,’ ज्ञवालीले भने,‘छिट्टै बैठक बोलाउने तयारी छ।’ यसअघि एमाले अध्यक्ष ओलीले जेठ २३ मा वक्तव्य जारी गर्दै पार्टीभित्रको विवाद समाधानका लागि छ बुँदे प्रस्ताव अघि सारेका थिए।अध्यक्ष ओलीले खनाल-नेपाल पक्षक सांसदहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्ता लिए आफू जेठ ३ अघिक
लुम्बिनीमा नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न जसपाको ह्वीप

लुम्बिनीमा नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न जसपाको ह्वीप

Posted in अन्तर्राष्ट्रिय, अर्थ/वाणिज्य, खेलकुद, धर्म/ संस्कृति, प्रविधि, बिचित्र संसार, भिडियो, मनोरंजन, राजनीति, राशिफल, रोचक, विचार /ब्लग, समाचार, समाज, स्वास्थ्य/जीवनशैली
लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी (जसपा)ले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको विपक्षमा उभिन आफ्ना सांसदलाई ह्वीप जारी गरेको छ।आइतबार वक्तव्य जारी गर्दै जसपा प्रमुख सचेतक पुर्मती ढेंगा मगरले सरकारको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेकी हुन। प्रमुख सचेतक मगरले जसपा संसदीय दलका नेता सहशराम यादवको निर्देशनमा उक्त ह्वीप जारी गरेको उल्लेख गरेकी छन्।लुम्बिनीमा मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको मन्त्रिमण्डलमा जसपाका सांसद विजयकुमार यादव, सुमन शर्मा रायमाझी, सन्तोषकुमार पाण्डेय र कल्पना पाण्डेय सहभागी छन्।त्यही भएर जसपा लुम्बिनीले उनीहरूका लागि भनेर ह्वीप जारी गर्दै नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न भनेकोजसपाका लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादवले बताए। अध्यक्ष यादव र ह्वीप जारी गर्नेहरु बाबुराम-उपेन्द्र पक्ष हुन्।सरकारमा सहभागी भएकाहरू महन्थ-राजेन्
बधाई ! साइप्रसमा पहिलो महिला सभामुख चयन !

बधाई ! साइप्रसमा पहिलो महिला सभामुख चयन !

Posted in अन्तर्राष्ट्रिय, अर्थ/वाणिज्य, खेलकुद, धर्म/ संस्कृति, प्रविधि, बिचित्र संसार, भिडियो, मनोरंजन, राजनीति, राशिफल, रोचक, विचार /ब्लग, समाचार, समाज, स्वास्थ्य/जीवनशैली
साइप्रसमा पहिलो पटक संसदबाट महिला सदस्य सभामुखमा चुनिनु भएको छ । सन् १९६० मा स्वतन्त्र भएको साइप्रसको दोस्रो सर्वाधिक शक्तिशाली पदमा अन्निटा डिमेट्रिओ चयान हुनु भएको छ । साइप्रसको कूल ५६ सदस्य रहेको संसदमा डिमेट्रिओले २५ मत प्राप्त गर्नु भएको थियो । सभामुखमा विजयी भएसँगै ३५ वर्षीया सांसद डिमेट्रिओले आफूले प्राप्त गरेको जिम्मेवारी पूर्ण निष्ठाका साथ पूरा गर्ने बताउँदै आफूले निष्पक्ष भूमिका निर्वाह गर्ने जानकारी दिनुभयो । साइप्रसका राष्ट्रपति निकोस अनास्तासियाडेसले डिमेट्रिओ निर्वाचित भएकामा आफूलाई निकै खुशी लागेको बताउनुभयो । उहाँले राष्ट्रपति पछि देशको सर्वाधिक शक्तिशाली राजनीतिक पदमा एक महिला चुनिनु देशकै लागि गर्वको विषय भएको बताउनुभयो ।डिमेट्रिओ मध्य–दक्षिणपन्थी डेमोक्रेटिक पार्टीबाट सांसद हुनु भएको थियो । राष्ट्रपति अनास्तासियाडेसले पनि यही पार्टीलाई धेरै वर्षसम्म नेतृत्व दिनु
दोषी नेतामात्र कि हामी पनि ?

दोषी नेतामात्र कि हामी पनि ?

Posted in अन्तर्राष्ट्रिय, अर्थ/वाणिज्य, खेलकुद, धर्म/ संस्कृति, प्रविधि, बिचित्र संसार, भिडियो, मनोरंजन, राजनीति, राशिफल, रोचक, विचार /ब्लग, समाचार, समाज, स्वास्थ्य/जीवनशैली
बिसौं शताब्दीको मध्यतिर पाश्चात्य साहित्यका एक विख्यात कवि विलियम स्टान्डफोर्डले अन्धकारबीचको यात्रा (ट्राभेलिङ थु्र द डार्क) शीर्षकमा शसक्त कविता लेखे। एउटा मृगको बच्चो जन्मपूर्व आमाको आमाशयमा नै मृत्युवरणमा परेको घटना लेखेर पाठकलाई स्तब्ध बनाए। हाम्रो देश आज त्यही मोडमा छ। बलियो सरकार निर्माणसँगै सघन विकास सुरु हुने आशामाथि धारावाहिक बज्रपात हुँदैछ। सरकारको अनपेक्षित कमजोर कार्यसम्पादन तथा अन्तरविरोधले जन्माएका परिघटनाका कारण समृद्धिको सोच केवल आत्मरती बन्दैछ। सबैतिर विराट निराशा गुन्जदैछ, देश चुक्दैछ, शिर झुक्दैछ। हामी चुकेको क्षण खाली राजनीतिक अन्तरविरोधलाई चर्काउनु, निकास निकाल्नु साथै भयंकर भाषणबाजी गर्नुलाई नै स्थायी उपलब्धि मान्ने दुर्भाग्यले हाम्रो देशमा अग्रगामी सामरिक विकासचाहिँ कहिल्यै भएन। विश्व–मानचित्रमा आर्थिक–सामाजिक परिवर्तन र प्रगतिका हिसाबले सवल मानिएका अधिकां
जसले खाटमै पल्टिएर व्यवसाय चलाए, करोडौंको सम्पत्ति कमाए

जसले खाटमै पल्टिएर व्यवसाय चलाए, करोडौंको सम्पत्ति कमाए

Posted in अन्तर्राष्ट्रिय, अर्थ/वाणिज्य, खेलकुद, धर्म/ संस्कृति, प्रविधि, बिचित्र संसार, भिडियो, मनोरंजन, राजनीति, राशिफल, रोचक, विचार /ब्लग, समाचार, समाज, स्वास्थ्य/जीवनशैली
पूर्व-पश्चिम राजमार्गअन्तर्गत चितवनको खुरखुरेबाट करिब तीन किलोमिटर उत्तरतर्फ लागेपछि ग्रुप थ्री भन्ने गाउँ पुगिन्छ। नेपाली सेनाको ग्रुप थ्री ब्यारेक बसेका कारण यो ठाउँको नामै त्यही रह्यो। वरपर सेनाबाट निवृत्त भएकाको बाक्लै बसोबास छ, त्यो क्षेत्रमा।राप्ती नगरपालिका र कालिका नगरपालिकाका पहाडी गाउँ जाने सडकको छेउमा एउटा होलसेल किराना पसल छ ‘नविन किराना’।२ तल्लाको १२ कोठे घरको एक छेउमा रहेको यो पसल प्रायः व्यस्त देखिन्छ। लकडाउनको समयमा पसल खोल्न समय निर्धारण गरिएका कारण निर्धारित समयमा यहाँका कामदारलाई भ्याइनभ्याई हुन्छ।पसलसँगै जोडिएको कोठामा एक अधवैशे पुरुष घोप्टो परेर पल्टिएका छन्। अस्पतालमा राखिने शैया जस्तै पांग्रा लगाइएको खाटमा लम्पसार परेको उनको शरीरलाई पेटले टेको दिएको छ। उनको छातीदेखि माथिको भाग भने निकै सक्रिय छ। तर उनी ह्वील चेयरमा बस्न पनि सक्दैनन्। उनको नाम मिनबहादुर खत
निषेधाज्ञाबारे निर्णय गर्न उपत्यकाका ३ जिल्लाका सीडीओको बैठक बस्दै

निषेधाज्ञाबारे निर्णय गर्न उपत्यकाका ३ जिल्लाका सीडीओको बैठक बस्दै

Posted in अन्तर्राष्ट्रिय, अर्थ/वाणिज्य, खेलकुद, धर्म/ संस्कृति, प्रविधि, बिचित्र संसार, भिडियो, मनोरंजन, राजनीति, राशिफल, रोचक, विचार /ब्लग, समाचार, समाज, स्वास्थ्य/जीवनशैली
काठमाडौं उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आइतबार बस्दैछ । दिउँसो ३ बजे बैठक बस्न लागिएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले रातोपाटीलाई बताए ।प्रजिअहरुको बैठकले निषेधाज्ञाको समय लम्ब्याउने अथवा मोडालिटी परिवर्तन गर्नेबारे निर्णय गर्दैछन् । वैशाख १६ बाट जारी निषेधाज्ञा पछिल्लो पटक जेठ ३१ सम्म लम्ब्याउने निर्णय गरिएको थियो ।छलफलपछि असार १ बाट निषेधाज्ञालाई कसरी अगाडी बढाउने भन्नेबारे निर्णय गर्छौँ’ भक्तपुरका प्रजिअ भट्टराईले भने–‘मोडालिटीबारे अहिलेसम्म कुनै धारणा तय भएको छैन ।’छलफलमा काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुली, ललितपुरका प्रजिअ ढुण्डी प्रसाद निरौला र भक्तपुरका प्रजिअ भट्टराई सहभागी हुनेछन् ।
भावी प्रधानमन्त्रीको दावेदारी प्रस्तुत गरेका प्रचण्ड भन्छन् : हामी पदका लागि लडेका होइनौं

भावी प्रधानमन्त्रीको दावेदारी प्रस्तुत गरेका प्रचण्ड भन्छन् : हामी पदका लागि लडेका होइनौं

Posted in राजनीति
काठमाडौं – प्रतिनिधिसभा वि,घटन भएपछि हतार हतारमा समय किर्ते गरेर संसद सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराउनु भएका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफुहरु पदका लागि ल,डाई नलडेको दा,बी गर्नुभएको छ । अविश्वासको प्रस्ताव दर्ता गर्दा उहाले भावी प्रधानमन्त्रीमा आफुलाई प्रस्ताव गर्नुभएको थियो । प्रतिनिधिसभा वि,घटनपछिको आ,न्दोलनमा जनताले साथ नदिएपछि उहा अहिले पदका लागि नलडेको भन्दै स्पष्टिकरण दिदै हिड्नु भएको छ । ‘हाम्रो ल,डाइँ पदको लागि हैन, विचार, सिद्धान्त, प्रणालीको लागि हो । तर, प्रतिक्रा,न्ति गर्न क्रा,न्तिकारी विचारलाई भुत्ते बनाई दिने, क्रा,न्तिकारी विचारलाई निस्तेज बनाइदिने, क्रान्तिकारी नेतृत्वलाई जति सकिन्छ बदनाम गर्न सक्यो त्यति प्रतिक्रान्तिको आधार बन्दै जान्छ । यो सच्चाइ बुझ्न सकिएन भने हामीले ल,डाइँ हार्छौ । त्यसकारण यो पदको लडाइँ हैन । अग्रगमन र प्रतिगमनको लडाँई हो’,
प्रधानमन्त्री बन्ने लक्ष्य पूरा नभएपछि प्रचण्ड चोइटिएर गए – श्रममन्त्री चौधरी

प्रधानमन्त्री बन्ने लक्ष्य पूरा नभएपछि प्रचण्ड चोइटिएर गए – श्रममन्त्री चौधरी

Posted in राजनीति
धनगढी-श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीले प्रधानमन्त्री बन्ने र १ नम्बर अध्यक्ष बन्ने लक्ष्य पुरा नभएपछि प्रचण्ड पार्टीबाट चोइटिएर गएको आरोप लगाएका छन् । धनगढीमा आयोजित प्रेस संगठन नेपालको सुदूरपश्चिम प्रदेशस्तरीय भेलामा बोल्दै चोइटिएर गएका प्रचण्ड लाल गद्धार भएको आ,रोप लगाए ।उनले प्रचण्ड–माधवले गलत भ्रम जनतामा फैलाउने काम गरिरहेको उनले बताए । मन्त्री चौधरीले १० बर्षे युद्धकलामा प्रचण्डसँग हिँडेको स्मरण गर्दै पाटी एकतापछिको उद्देश्य विपरीत प्रचण्ड आफ्नो स्वार्थमा लागेको बताए ।‘उहाँले २ पटक प्रधानमन्त्री हुँदा पनि प्रचण्डले जनयुद्धकलामा घाइते भएका, जनमुक्ति सेना र सहिद परिवारका मु,द्दा हल गर्न सक्नुभएन,’ उनले भने । अहिले सरकारले द्ध,न्दकालका घा,इते, अ,पाङ्ग र सहिद परिवारलाई आवश्यक सहयोग गर्न प्रक्रिया अगाडी बढाएको मन्त्री चौधरीले बताए ।‘अहिले उहाँहरुले भन्न सक्
ओली समूह प्रवेश गरेको तीन दिन नबित्दै यी नेता फर्किए प्रचण्ड-माधवतिरै ।

ओली समूह प्रवेश गरेको तीन दिन नबित्दै यी नेता फर्किए प्रचण्ड-माधवतिरै ।

Posted in राजनीति
वीरगञ्ज: नेपाल कम्युनिष्ट पार्टी नेकपामा वि,भाजन आएपछि केहि नेताहरु कहिले ओली समूहतिर पुगेका छन् त कहिले प्रचण्ड– माधव समूहमा फर्किने गरेका छन्। तीन दिनअघि ओली पक्षकाे नेकपामा प्रवेश गरेका एक नेता तीन दिन नबित्दै प्रचण्ड – माधवतिरै फर्किएका छन् । नेकपा बाराका जिल्ला सचिव तथा प्रदेश २ का प्रदेश सांसद सुन्दर विश्वकर्मा यस्तै प्रवृत्ति देखाएका हुन् । तीन दिनअघि उनी जिल्ला अध्यक्षको लोभमा ओली समूहको नेकपामा गएको बाराका नेकपाको राजनीतिमा चर्चा चुलिएको थियो। तर दुई दिन नबित्दै उनी फेरी पुरानै खेमामा फर्केको समाजिक सञ्जाल फेसबुकमार्फत आफैले दाबी गरेका छन्। ओली पक्षतिर जिल्ला अध्यक्ष पद पाउने आश्वासनमा लागे तापनि विश्वकर्माले अध्यक्ष पद पाउने अवस्था नदेखिएपछि पुनः प्रचण्ड–माधवतिरै फर्केका हुन्। उनले आफू ओली समूहमा गएकोमा माफी समेत मागेका छन्। ‘नेकपा दुई समूहमा विभाजित हुँदा दुःख व्यक्त गर