शुक्रबार , असार ४, २०७८

समाचार

बिग्रेका छोरा सुधार्ने जिम्मा बुहारीलाई कहिलेसम्म?

बिग्रेका छोरा सुधार्ने जिम्मा बुहारीलाई कहिलेसम्म?

Posted in समाचार
हालैको एकदिन तराईको उखुम गर्मीले छटपटाउँदै बार्दलीमा बसेर हावाको प्रतीक्षा गरिरहेको थिएँ। हातमा बिजय कुमारको पछिल्लो पुस्तक सम्बन्धहरु थियो। आँखा पुस्तकका पंक्तिहरुमा अडिन खोजे पनि कान घरभित्रको गन्थन मन्थनतिरअलमलियो। आमा र अन्टीहरुको गफगाफ चल्दै थियो। टोलको समूह बैठक पनि भएकाले महिला जमघटको दिन परेको। त्यस्ता भेलाहरुमा मलाई खासै चासो लाग्दैन।त्यस्ता अवसरमा अक्सर गफ खुब चल्छ जुन हाम्रो घरमा रुचिको विषय कहिल्यै बनेन। तर बैठकको निहुँ भएकाले त्यस्ता गफगाफलाई रोक्ने कुरा पनि भएन। नचाहेरै कानमा परेका गन्थन मन्थनले मेरो ध्यान खिच्दै लग्यो। क्रमशः भित्रबाट आइरहेका अनेक प्रसंगहरुप्रति दिमाग चनाखो हुँदै गयो। टोल समूहमा पेशाले महिला अधिकारकर्मी एकजना पढालेखा अन्टी हुनुहुन्छ। उहाँसँग मेरो मतभेद भइरहन्छ। टोलसमाजका घर-घरमा के भइरहेको छ, अधिकांश जानकारी उहाँलाई हुन्छ।त्यसरी छरछिमेकीको विषयमा च
बाढीले प्युठानमा निर्माणाधीन पुल भत्कायो

बाढीले प्युठानमा निर्माणाधीन पुल भत्कायो

Posted in समाचार
प्युठान : प्युठानको ऐरावती गाउँपालिका– १ र अर्घाखाँचीको सितगंगा नगरपालिका वडा नं ७ जोड्न झिमरुक नदीको पक्की पुल बाढीले भत्काएको छ ।रु सात करोड १३ लाखका लागतमा माझी दमारमा पुल निर्माणाधीन थियो । सडक डिभिजन कार्यालय इन्जिनियर अरुण केसीका अनुसार अमर कन्स्ट्रक्सन प्रालि काठमाडौँले निर्माणको जिम्मा पाएको थियो ।विसं २०७३ पुसमा सम्झौता भइ गत असार २८ गते निर्माण सम्पन्न गर्ने लक्ष्य थियो । सत्तरी मिटर लम्बाइ रहेको पुलको ३५ मिटर स्लाब यसअघि नै सम्पन्न भएको थियो । बाँकी ३५ मिटर लम्बाइको स्लाब ढलान चार दिनअघि सम्पन्न भएको जनाइएको छ । “लठ्ठा प्रविधिको पुल भएकाले ढलान सम्पन्न भएको १४ दिनमा लठ्ठा राखेर तन्काउने चलन हुन्छ, उहाँले भन्नुभयो”, “लठ्ठा राख्न तयार भइनसकेको अवस्थामा थियो ।” बाढीले फर्मा बगाउँदा पुल भत्किएको उनको भनाइ थियो ।
नायिका आँचल शर्मा र उदित श्रेष्ठ, ५० परिवारका लागि राहत लिएर आज सिन्धुपाल्चोक जाँदै

नायिका आँचल शर्मा र उदित श्रेष्ठ, ५० परिवारका लागि राहत लिएर आज सिन्धुपाल्चोक जाँदै

Posted in समाचार
नायिका आँचल शर्मा र श्रीमान डा. उदित श्रेष्ठले ५० परि’वारको लागि राहत लिएर ४ बजे मेलम्चि बजार जाने भ’एका छन्। डा. उदित श्रेष्ठले सामाजिक संजा’लमा आफूहरु ५० परिवारको लागि राहत लिएर करिब ४ बजे मेलम्चि बजार जाने जान’कारी दिए। डा. उदित श्रेष्ठले पिडित दाजुभाइ दिदिबहिनिहरु मोटर बाटो आउनेसम्म राहत लिन आइदिन आग्रह समेत गरे’का छन्।“हामि ५० परि’वारको लागि राहत लिएर करिब ४ बजे मेलम्चि बजार आउदै छौ, पिडित दाजु भाइ दिदि बहिनिहरु मोटर बाटो आउने सम्म राहत लिन आइ दिनु हुन हार्दिक अनु’रोध गर्दछौ।” डा. उदित श्रेष्ठले लेखेका छन्।डा. उदित श्रेष्ठले सामाजिक संजालमा लेखेका छन्, “हामि ५० परिवारको लागि रा’हत लिएर करिब ४ बजे मेलम्चि बजार आउदै छौ, पिडित दाजु भाइ दिदि बहिनिहरु मोटर बाटो आउने सम्म राहत लिन आइ दिनु हुन हार्दिक अनु’रोध गर्दछौ।”आँचल शर्मा एक नेपा’ली अभिनेत्री र मोडल हुन् । उनले आफ्नो अभिनय
धान रोप्न गएका किसान बाढीमा फसेपछि रूखमा स्ट्रेचर बाँधेर उद्धार

धान रोप्न गएका किसान बाढीमा फसेपछि रूखमा स्ट्रेचर बाँधेर उद्धार

Posted in समाचार
सल्यानमा धान रोप्न गएका १२ किसान शारदा नदीमा आएको बाढीमा फसेपछि नेपाली सेनाले रूखमा स्ट्रेचर बाँधेर उद्धार गरेको छ। नदीको भंगालोमा फसेका १२ जनाको सकुशल उद्धार भएको सल्यानका प्रहरी प्रमुख डिएसपी गोविन्द थापाले सेतोपाटीलाई बताए।‘मध्यान्ह १२ बजेदेखि साँझ साढे ६ बजेसम्म नेपाली सेनाले नदीको भंगालोमा फसेका १२ जनाको सकुशल उद्धार गर्न सफल भएको छ,’ डिएसपी थापाले भने।उनले एकापट्टि रूख र अर्कोपट्टि पोलमा डोरी बाँधेर बीचमा स्ट्रेचर राखी उद्धारको काम भइरहेको जानकारी दिए। शारदा नगरापालिका वडा नं. ६ करलाका स्थानीय बिहान दश बजे खेतमा धान रोप्न भनी नदीको भंगालो फाटेको ठाउँमा गएका थिए। त्यसको दुई घन्टापछि १२ बजेतिर शारदा नदीमा बाढी आएपछि उनीहरूले गुहार मागेका थिए। त्यसपछि नेपाली सेना, नेपाल प्रहरीसहित झन्डै ४५ जना सुरक्षाकर्मी घटनास्थलमा उद्धारको लागि खटिएको डिएसपी थापाले बताए। प्रमुख जिल्ला अधिक
मौसम खराबका कारण गण्डकीका मुख्यमन्त्री नेपाली मनाङमै अड्किए

मौसम खराबका कारण गण्डकीका मुख्यमन्त्री नेपाली मनाङमै अड्किए

Posted in समाचार
काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल हेलिकप्टर उड्न नसकेपछि मनाङमै रोकिनु भएको छ । केही दिन देखिको अविरल वर्षाका कारण हेलिकप्टर उड्न नसकेको हो । उहाँ बाढी पीडितलाई राहत वितरण गर्न बिहीबार हेलिकप्टरमा मनाङ पुग्नु भएको थियो । नवनियुक्त मुख्यमन्त्री नेपालीले भालि शुक्रबार बिश्वासको मत लिने तयरी छ । तर उहाँ मनाङमै अड्किएपछि बिश्वासको मत लिने कार्यक्रम अन्योलमा परेको छ । मुख्यमन्त्री नेपालीसँगै मन्त्री दीपक मनाङे, प्रदेश सांसद चिन्तबहादुर पनि मनाङमै अड्कीनु भएको छ ।
बजारका आँप खाँदा छालाको रोग, पेट दुख्ने, बान्ता हुने समस्या

बजारका आँप खाँदा छालाको रोग, पेट दुख्ने, बान्ता हुने समस्या

Posted in समाचार
सर्लाही । सर्लाहीका बजारहरुमा स्वास्थ्यका दृष्टिकोणले हानिकारक मानिने कार्बाइड प्रयोग गरेर पकाइएको आँप बिक्री वितरण भइरहेको छ ।स्थानीय किसानहरुको बगैँचामा फलेको आँप असारको तेस्रो सातापछि मात्र पाक्ने भएपछि व्यापारीहरुले कार्बाइड प्रयोग गरेर पकाइएको आँप बिक्री वितरण गर्न शुरु गरेका हुन् ।भारत तथा नेपालका विभिन्न स्थानमा रहेका फलफूलका गोदाममा कार्बाइड प्रयोग गरी पकाएका आँपहरु जिल्ला सदरमुकाम मलङ्गवासहित हरिपुर, बरथवा, वयलवास, हरिवन र लालबन्दीलगायतका बजारका साथै गाउँगाउँमा समेत विक्री वितरण भइरहेको स्थानीयवासी रमेश अधिकारीले बताउनुभयो ।विषादी हालेर पकाइको आँपका कारण स्वास्थ्यमा जोखिम बढेको लालबन्दी नगरपालिका–६ का सुरेश बस्नेतले बताउनुभयो । उहाँका अनुसार विषादी हालेर पकाइएको आँप खाँदा उनको छोरो दुई\तीन दिनदेखि बिरामी परेको छ । नौ वर्षीय छोरो श्रीजलले झाडापखाला तथा बान्ता गरेको उहाँल
हेलम्बु र मेलम्चीका बाढी प्रभावितलाई २ करोड सहयोग गर्ने काठमाडौं महानगरको घोषणा

हेलम्बु र मेलम्चीका बाढी प्रभावितलाई २ करोड सहयोग गर्ने काठमाडौं महानगरको घोषणा

Posted in समाचार
काठमाडौं । काठमाडौं महानगरपालिकाले सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीका बाढी प्रभावितलाई रु दुई करोड सहयोग गर्ने घोषणा गरेको छ ।विहीबार महानगरका मेयर विद्यासुन्दर शाक्यले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै हेलम्बु र मेलम्चीका बाढी प्रभावितलाई रु दुई करोड सहयोग गर्ने घोषणा गरेका हुन् ।मेयर शाक्यले काठमाडौंलाई पानी दिएको कारण हेलम्बु र मेलम्चीलाई उक्त रकम सहयोग गरेको बताएका छन् । मेयर शाक्यका अनुसार उक्त रकम बाढी प्रभावितको राहत तथा उद्दारका लागि खर्च गर्नका लागि दिइने भएको हो ।गत मंगलबार अविरल वर्षासँगै आएको पहिरोका कारण मेलम्ची खोलामा बाढी आउँदा हेलम्बु र मेलम्चीका अधिकांश डुवानमा परेको छ । उक्त बाढी कै कारण सयौं जना घरबारविहीन बनेका छन् ।
ठाकुरले आयोगमा बुझाए कार्यकारिणी समितिमा थपिएका २० जनाको नामावली

ठाकुरले आयोगमा बुझाए कार्यकारिणी समितिमा थपिएका २० जनाको नामावली

Posted in समाचार
जनता समाजवादी पार्टी नेपाल (जसपा)को उपेन्द्र यादवले पक्षको कार्यकारिणी समितिको बैठक बस्दै गर्दा पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुरले २० जना कार्यकारिणी समिति सदस्य थपेर सो नामावली निर्वाचन आयोगलाई बुझाएका छन् । कार्यकारिणी समितिमा अल्पमतमा परेपछि अध्यक्ष ठाकुरले आफ्ना पक्षबाट २० जना सदस्य थपेका हुन् । जेठ ३० गते ठाकुरले आफूपक्षीय बैठक राखेर २० जनाको नाम थपेका थिए । थपिएका नाम दर्ता किताबमा अध्यावधिकका लागि असार १ गते उनले आयोगमा दर्ता गराएको उनीपक्षीय एक नेताले बताए । दर्ता गराउनका लागि केशव झा निर्वाचन आयोग पुगेका थिए । जेठ ३० गते नै आयोगले एकजना अध्यक्षले मात्र कसैलाई हटाउन वा कसैलाई राख्न नमिल्ने निर्णय गरेको थियो । तर ठाकुरले २० जनाको नाम थपेर आयोगमा अध्यावधिकका लागि पठाएका हुन् । निर्वाचन आयोगले त्यसलाई दर्ता गरेपनि थप निर्णय भने लिइसकेको छैन ।थप गरिएका २० जनामध्ये सब
डाक्टर बन्ने सपना देखेर अभिनेत्री बनेकी मनिषाको घर कुनै राजमहल भन्दा कम छैन ।

डाक्टर बन्ने सपना देखेर अभिनेत्री बनेकी मनिषाको घर कुनै राजमहल भन्दा कम छैन ।

Posted in समाचार
काठमाडौ : नेपालमा जन्मेर बलिउडमा राज गर्ने एक मात्र नायिका हुन मनिषा कोइरला । बलिउडमा उनको अभिनय रहेको फिल्म संजुले पनि अपार सफल्ता प्राप्त गर्याे । मनिषा को लागि फिल्म संजु निकै फाइदाजनक साबित भयो। संजुमा उनलाई नर्गिसको रोलमा निकै मन पराइएको थियो। २०१२ सालमा उनि क्यान्सरको शि कार भएकी थिइन्। तर क्यान्सरलाई उनले जितेकी छिन्। पछिल्लो समय मनिषा सामाजिक संजालमा निकै एक्टिभ छिन्। उनि सधै सुन्दर तस्विरहरु शेयर गरिरहन्छिन्। साथै उनले आफ्नो घरलाई निकै सुन्दर तरिकाले सजाएर राखेकी छिन्। उनले आफ्नो रूमको डिजाइनमा अधिकांश फुलको प्रयोग गरेकी छिन्। मनीषाको घरको सोफा र पर्दाको रंग पनि उस्तै छ।उनले आफ्नो घरमा गरिएको अधिकांश सजावटको समान विदेशबाट ल्याएकी थिइन्। नेपाली काँग्रेसका संस्थापक नेता वीपी कोइरालाकी नातिनी मनिषा कोइराला फिल्मी दुनियाँमा खुबै जमिन् ।बलिउड नायिका बनेर कुनै बेला खुबै धुम
पूर्वी नवलपरासीमा बाढीले बगायो २ वटा पक्की पुल

पूर्वी नवलपरासीमा बाढीले बगायो २ वटा पक्की पुल

Posted in समाचार
पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिकामा रहेका २ वटा पक्की पुल बाढीले बगाएको छ।पुल बाढीले बगाउँदा स्थानीयको बजारसम्मको सिधा सम्पर्क टुटेको छ। तीन दिनदेखि परेको अविरल वर्षापछि आएको बाढीले बौदीकाली गाउँपालिका-१ मा निर्माणाधीन पक्की पुल बगाएको छ।त्यसैगरी कालीगण्डकीमा रहेको अर्को पक्की पुल पनि बाढीले बगाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीपचन्द्र सुवेदीले जानकारी दिए।गण्डकी प्रदेश सरकारको ३ करोड ५० लाख रूपैयाँको लागतमा वडा नं १ मा पुल निर्माण भइरहेको थियो। पुलको पिल्लर उठाउने र सटरिङ गरी ढलानको मात्र काम बाँकी रहेका बेला बाढीले बगाएको प्रमुख सुवेदीले बताए।स्थानीयहरूलाई सहजरूपमा सदरमुकाम कावासोती पुग्नका लागि पुल निर्माण गरिएको थियो। त्यसैगरी गाउँपालिकाको वडा नं.२ स्थित कालीगण्डकीमा बनाइएको पुलसमेत बाढीले बगाएको छ।यो पुल हुँदै स्थानीयहरू भिमाद निस्केर पोखरा पुग्ने गरेका थ